मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको भ्रमणमा आउने

Mamata-Banerjee-770x433-1

कोलकताः मंगलवार अन्तरराष्ट्रिय मातृभाषा दिवस हो। यस अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जी फेरि उत्तर बंगालको भ्रमणमा गइरहेकी छन्‌। ममताको कार्यक्रमलाई ध्यानमा राख्दै स्टेडियममा अन्तिम समयको तयारी चलिरहेको छ। मुख्यमन्त्रीलाई कडा सुरक्षाको घेरामा राख्ने तयारी गरिँदैछ।

जानकारी अनुसार, दिउँसो तीन बजीसम्म बागडोगरा एयरेपार्ट पुगेर सिलगढीको कन्चजङ्गा स्टेडियम पुग्नेछन्‌। सिलगढीबाट मुख्यमन्त्री चुनाउ प्रचारको निम्ति मेघालय जानेछिन्‌। सिलगढीमा मुख्यमन्त्रीको कार्यक्रम छेउछाउ यातायात बाधित नहोस्‌, यसको निम्ति पुलिस प्रमुखहरूले बैठक पनि गरेका छन्‌। विशेष रूपमा हिलकार्ट रोड, विधान रोडमा सामान्य यातायात प्रवाह सुनिश्चित गर्न विशेष ध्यान दिइएको छ।

ममता ब्यानर्जीले कन्चनजङ्गा स्टेडियमको मन्चबाट विभिन्न उपभोक्ता सेवाहरू शुरू गर्नेछिन्‌। कोलकताको एउटा कम्पनीले स्टेडियमको मैदानमा मुख्य मन्च बनाइरहेको छ। माध्यमिक परीक्षाका विद्यार्थीहरूलाई ध्यानमा राख्दै कार्यक्रम स्थलको आवाज स्डेडियमभन्दा बाहिर नजाओस्‌ भन्ने विशेष ध्यान राखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *