तरूणदीप राई अन्तराष्ट्रीय प्रतियोगिताको निम्ति छनौट

IMG-20230220-WA0292.jpg

गान्तोक: आगामी दिनमा टर्की,चीन र कोलम्बियामा सम्पन्न हुने आर्चेरी प्रतियोगिताको निम्ति राज्यका आर्चेरी खेलाडी तरूणदीप राई छनौट भएका छन्। राईले इन्डियान आर्चेरी टोलीबाट खेल्ने छन् भने उनको साथमा अतानु दास, बी. धिराज र निरज चौहानलाई छनौट गरिएको छ। यसरी नै तरूणदीप राईका कोच सोनम छिरिङ भोटियालाई पनि छनौट गरिएको छ। गत १९ फरवरीको दिन ट्रायल भएको र उक्त ट्रायलमा चार जना भारतीय खेलाडीहरू छनौट भएका हुन्। उनीहरूले आगामी अप्रेल महिनामा टर्कीमा हुने खेल, सोही प्रकारेल मई महिनामा चीनमा हुने र जून महिनामा कोल्मबियामा हुने अन्तराष्ट्रीय स्तरको प्रतियोगितामा सहभागिता जनाउने छन्। उल्लेखनीय छ, गत वर्ष नै चीनमा सम्पन्न हुने एशिया खेलको निम्ति राईलाई छनौट गरिएको थियो तर कोविड-१९ को कारण उक्त खेल स्थागित राखिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *