२० फरवरीः इटालियन सेरि ए फूटबलमा युभेण्टसको साथमा शीर्ष पाँचमा सामेल लाजियो र रोमाले आ-आफ्नो म्याच जित्यो। युभेण्टसले आइतवार राति खेलिएको म्याचमा स्पेजियालाई २-०-ले पराजित गऱ्यो। म्याचमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसबाट मोइस किनले ३२औं र एञ्जेल डी मारियाले ६६औं मिनटमा गोल गरे। युभेण्टस अहिले २३ वटा म्याचमा ३२ पोइण्टको साथ सेरि ए टेबलको सातौं स्थानमा रहेको छ। यसबाहेक रोमाले भेरोना विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल ओला सोलबाक्केनले ४५औं मिनटमा छिराए। यसरी नै लाजियोले सालेरनिटानालाई २-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट म्याचको दुवै गोल सिरो इम्मोबिलले छिराए। उनले म्याचको ६०औं र ६९औं मिनटमा गोल गरे। रोमा अहिले ४४ पोइण्टको साथ तेस्रो अनि लाजियो ४२ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। यसबीच अटलाण्टाले चाहिँ लीस विरुद्ध २-१ले हारको सामना गर्नु पऱ्यो। अटलाण्टा अहिले ४१ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। १३औं स्थानमा रहने लीससँग २६ पोइण्ट रहेको छ।