महकुमा शासकद्वारा होटलहरुमा निरीक्षण

8ce6c812-dad2-4eb5-b8d0-db47ebd70b1c


कालचिनीः अलिपुरद्वार महकुमा शासक समीरन मण्डलको नेतृत्वमा अलिपुरद्वारका प्रायः १५ वटा खानाको होटलहरूमा सोमबार खाद्य सामग्रीको जाँच गरियो। यस अघि कोरोनाकाल अघि अलिपुरद्वार सहरको विभिन्न होटलहरूमा खाद्य सामग्रीको गुणवत्ता जाँच गर्दा धेरै होटलहरूलाई बन्द गर्ने अनि जरीमाना जारी गरिएको थियो। कोरोनाकालबाट हाल राहत चलिरहेकोबीच अलिपुरद्वार सहरको प्रायः १५ वटा भन्दा अधिक खाना होटलहरूमा सोमबार अचानक अलिपुरद्वार महकुमा शासक समीरन मण्डलको नेतृत्वमा जाँच अभियान चलाउँदा धेरै होटलहरूमा बासी खाद्य सामग्री अनि डेट फेल भएको मरमसाला एवम् ओईलिएको सब्जीहरू भेटाईएकोले महकुमा शासकले ती होटल सञ्चालकहरूलाई चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement