डुवर्सलाई छैठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने दाबी उठ्यो

fd4762d8-77eb-4295-8886-713a174c0c25

कालचिनीः उत्तरबंगालको राजनीति हाल उतप्त बन्दै गइरहेको बेला डुवर्सको राजनैतिक माहौलमा फेरि आदिवासी संगठनले डुवर्सलाई छैठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने माग उठाएका छन्। उत्तरबंगाल आदिवासी विकास परिषदको आयोजनामा सोमबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा नाराबाजी सहित ज्ञापन चढ़ाइएको थियो।
उत्तरबंगाल आदिवासी विकास परिषदको अध्यक्ष रुपेश पाईकले डुवर्सलाई छैठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने माग नयाँ होईन यसको दाबी २००७ सालदेखि उठ्दै आइरहेको र फेरि यसको उठान गर्ने जमर्को संगठनले लिएको र केही नभए डुवर्समा ठूलो आन्दोलन गर्ने चेताउनी समेत रुपेश पाईकले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement