बंगाल विधान सभामा राज्य विभाजनको विरोधमा पारित प्रस्ताव भारतीय संविधानको विरोधमा छ: विधायक बजगाईं

IMG-20230220-WA0273.jpg

खरसाङ: बंगाल विधान सभामा राज्य विभाजनको विरोधमा पारित प्रस्ताव भारतीय संविधानको विरोधमा छ भनी खरसाङका भाजपा विधायक बीपी बजगाईंले विधान सभामा बताएका छन्। खरसाङका विधायक बीपी बजगाईले बंगाल विधान सभामा बंगाल विधान सभामा राज्य विभाजनको विरोधमा पारित प्रस्ताव विषयमा बोल्दै भारतीय संविधानामा संसद विधिद्वारा कुनै राज्य बनाउन सक्छ भनेर भनिएको छ तर विधान सभामा प्रस्ताव गर्ने कुनै प्रावधान नरहेको र यो प्रस्ताव विधान सभामा आउनु भारतीय संविधानको विरोधमा रहेको बताएका छन्। यस विषयमा सदनमा बोल्दै बीपी बजगाईले भने, ‘राज्य निर्माणको कुरा केन्दको विषय हो राज्यको होइन। राज्यकी मुख्यमन्त्रीले पनि बारम्बार भन्ने गरेकी छन् कि राज्य निर्माणको कुरा दिल्लीको हो भनेर। तर राज्य निर्माणको मांग भौगोलिक रूपमा, सांस्कृतिक रूपमा, ऐतिहासिक कारणले हुन्छ। सन् १९७७ मा बंगाल सरकारले श्वेत पत्र जारी गर्दै दार्जिलिङको भूभाग सिक्किम र भूटानको हो भनी भनिएको थियो। यसरी ऐतिहासिक आधारमा जन्मेको मांग हो गोर्खाल्याण्ड। सन् १९५६ मा दार्जिलिङलाई बंगालमा सामेल गरिएको हो।’
खरसाङका विधायक बीपी बजगाईले अझ भने, ‘म जुन क्षेत्रबाट निर्वाचित भएर आएको छु त्यो केवल गोर्खाल्याण्डको लागि हो। मलाई यसकै लागि जनताले जिताएर पठाएको हो। त्यसैले मैले विधान सभाभित्र र बाहिर गोर्खाल्याण्ड विषयमा बोलेको कुराहरू मेरो मात्र होइन जनताको आवाज हो।’ उनले अघि भने, ‘राज्य विभाजन विषयमा भाजपाको चाहाना के छ र तृणमूलको चाहाना के छ होइन तर जनताको चाहाना के छ त्यो स्पष्ट हुनुपर्छ। राज्य सरकारले सफा राजनीति चाहान्छ भने विधान सभामा राज्य विभाजनको विरोधमा प्रस्ताव ल्याउनुभन्दा जनताको चाहाना बुझ्नलाई चुनाव आयोगको माध्यमले स्पष्ट रूपमा लोकतान्त्रिक रूपमा जनमत संकलन गर्न आवश्यक छ।’
बंगाल विधान सभामा खरसाङका भाजपा विधायक बीपी बजगाईले विधान सभामा बोल्दै सोमनदेवले गोर्खाहरूमाथि गरेको टिप्पणीको विरोध गर्दै सुगौली सन्धि अनुसार गोर्खाहरू भूभागसितै भारतमा आएको हो। हाम्रो सही इतिहास तपाईको हातमा पनि दिन सक्छु तर गलत तरिकाले गोर्खाहरूको इतिहास सदनमा नभनियोस् भनी बताएका छन्। बजगाईले भने, ‘अनित थापा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको नाममा जीटीए चुनाव जितेर गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा पारित पनि गरेका छन् अनि उनीहरू तृणमूलको गठबन्धन हुन्। अक्टोबर 2020 मा गोर्खाल्याण्ड मांग्ने सशक्त दल गोजमुमोसित गठबन्धन तृणमूलले गरेको हो हामीले होइन। त्यसैले हामीलाई दुई औंला ठराउनु अघि तीनवटा औंलाहरू आफैमाथि आउँछ। छुट्टै राज्यको प्रबल दावेदार मानिने अनन्त महाराजलाई मुख्यमन्त्रीले नै उपहार दिएको हो। हामीतर्फ शंका गर्नु अघि तृणमूल र मुख्यमन्त्रीलाई प्रश्न गर्न चाहान्छु कि गोर्खाल्याण्ड मांग्ने दलहरू र कुचबिहार मांग्ने नेताहरूसित तृणमू। कंग्रेसको के सम्बन्ध छ पहिला त्यो स्पष्ट गर्नुपर्छ। त्यसपछि हामीमाथि सन्देह गर्दा हुन्छ।’

About Author

Advertisement