सभासदद्वयद्वारा खरसाङको पर्यटकीय स्थल ईगल क्र्यागको निरीक्षण

IMG-20230220-WA0269.jpg

खरसाङ: गोर्खाल्याणेड क्षेत्रीय प्रशासनको पर्यटन विभागका एमओडी सभासद नुरी शेर्पा एवं स्वास्थ्य विभागका एमओडी सभासद श्याम शेर्पाद्वारा आज खरसाङको पर्यटन स्थल दुर्बिन डाँड़ास्थित इगल्स क्र्यागको निरीक्षण गरेका छन्। खरसाङ क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूलाई सुन्दरीकरण गर्न र ती स्थलहरूलाई पर्यटकहरूका लागि अझ आकर्षित र सुन्दरीकरण गरेर लानलाई उक्त निरीक्षण रहेको जानकारी प्राप्त भएको छ।

पर्यटन क्षेत्रलाई अझ सुन्दर बनाउन हेतु यस क्षेत्रको नै सही संरक्षण, सम्बर्ध्दन अनि सुन्दरीकरण गर्नका निम्ति दुवै सभासदहरूद्वारा निरीक्षण गरिएको बताइएको छ। खरसाङको यस पर्यटन स्थल दुर्बिन डाँड़ालाई अझ विकसित गरिनु पर्ने र यसको निम्ति विभागीय तौरमा आफूहरू लागि पर्ने सभासदहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement