जीटीएद्वारा किताब दिवस पालन

IMG_20230220_203335.jpg

मंग्पु: जीटीएद्वारा किताब दिवस पालन गरिएको छ। यस अवसरमा प्राथमिक शिक्षा विभाग एवं जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानले वर्ष २०२३ को नयाँ सत्रको निम्ति खाता किताब वितरण गरेका छन्। उनले मंग्पू सर्कलभित्र रहेको शिक्षा ज्योति प्राथमिक पाठशालामा किताब दिवस पालन गरिएको छ। प्रत्येक वर्ष १९ फरवरीमा किताब दिवस मनाइने गर्थ्यो भने यस वर्ष १९ फरवरी आइतवार परेको हुनाले आज यसलाई पालन गरियो। यस कार्यक्रममा प्राथमिक शिक्षा प्रभारी राजेश चौहानको विशेष उपस्थिति रहेको थियो भने क्षेत्रीय कार्यकारी सभासद रतन कुमार थापा,पीआरओ चिफ एसपी शर्मा, जिल्ला पाठशाला बोर्ड अध्यक्ष बिजय कुमार राई, डीआई देव नारायण देव, जिल्ला पाठशाला सदस्य शिशिर राई, सुदेश थापा, सौगन राई, उत्तम मुखिया साथै शिक्षा साथै सदस्यहरूको उपस्थिति रहेको थियो।

प्राथमिक शिक्षा अनि पाठशाला दुवैलाई नयाँ दिशा दिनु पर्छ,समयको मांग अनुरूप प्राथमिक शिक्षामा पनि परिवर्तन आउनपर्छ। सकिन्दै गएको प्राथमिक पाठशालालाई कसरी फेरि सहि दिशामा ल्याउनु पर्ने,यस गम्भिर विषयमा जीटीएले गम्भिरतापूर्वक लिएर काम गरिरहेको छ। उपस्थितिको पक्षबाट सम्पूर्ण विद्यार्थी नानीहरूलाई किताब साथै मिठाई पनि वितरण गरियो भने लाब्दा खास बेसिक प्राथमिक पाठशालाको पनि भ्रमण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement