फूलबारीदेखि जोतियाखालीसम्मको सडकको काम शुरु गर्ने माग गर्दै तृणमूल कांग्रेस कार्यकर्ताहरूले गरे प्रदर्शन

00-1-Fulbari

सिलगढी: फूलबारीदेखि जोतियाखलीसम्म करिब तीन किलोमिटर चार लेन सडकको काम करिब चार वर्षदेखि बन्द भएको छ। राज्यको सत्तारुढ दल तृणमूल कांग्रेसले तत्काल काम सुचारु गर्ने माग गर्दै विरोध प्रदर्शन गरेको छ। सोमबार, तृणमूल कांग्रेसका नेताहरूले फूलबारी बजार क्षेत्रमा डबग्राम फूलबारी ब्लक तृणमूल कांग्रेसको तर्फबाट विरोध प्रदर्शन गरे। गएको चार वर्षदेखि सडकको काम बन्द हुँदा सडकमा हिड्ने यात्रुले धेरै समस्या झेनु परिरहेको छ। प्राय: नै दुर्घटना हुने गरेको छ। तृणमूल कांग्रेसका नेताहरूले सडकको काम तत्काल शुरु नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। कार्यक्रममा डबग्राम फूलबारी ब्लाक अध्यक्ष सुधा सिंह च्याटर्जी, जलपाईगढी जिल्ला परिषदका कार्यकारी अध्यक्ष देवाशिष प्रमाणिक, फूलबारी २ ग्राम पंचायतका प्रमुख दिलीप राय, क्षेत्रीय अध्यक्ष रबिउल करीम, किशोर मण्डल, सुकान्त कर र अन्य तृणमूल कांग्रेस कार्यकर्ता उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement