नयाँ बस्तीमा बाटोको खन्ने कार्य शुरू

00-1-Naya-Busty

दार्जीलिङ: तकदाह-ग्लेनवर्ण समष्टिअन्तर्गत नयाँ बस्तीमा क्षेत्रीय सभासद सन्नी बम्जनको पहलमा हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सले जेसीबी दिएपछि बाटो खन्ने कार्य शुरू भएको छ। यसको लागि नयाँ बस्तीका बासिन्दाहरूले अजय एडवाडर्स र सभासद सन्नी बम्जनप्रति आभार प्रकट गरेका छन्। स्थानीय गाउँलेहरूले बताएअनुसार प्रत्येक चुनावमा राजनैतिक दलहरूका नेतृत्वहरू नयाँ बस्तीमा भोट माग्न आए पनि नयाँ बस्तीको अवस्थाबारे आजसम्म कुनै राजनैतिक दल अनि नेताहरूले पहल गरेको छैन। बाटोको अभावले गर्दा स्थानीय बासिन्दा बिमार हुँदा ढाडमा बोकेर मूल बाटोमा निकाल्न पर्ने र यस्तै थुप्रै समस्याहरू नयाँ बस्तीका बासिन्दाहरूले झेल्दै आइरहेको स्थानीय बासिन्दाहरूको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement