चियाबगानको ग्यारेजमा भीषण आगलागी सम्पुर्ण सरसमानसँगै तीनवटा गाडी जलेर खरानी

07a488c3-4d4c-45a7-93eb-5d675859f4b5

दार्जीलिङः बदमताम चिया बगानको ग्यारेजमा भीषण आगलागी भएको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग ३:३० बजे अचानक फ्याक्ट्रीको ग्यारेजमा आगलागी भएको जसमा करोडौंको नोक्सान भएको अनुमान गरिएको छ भने यस ग्यारेजभित्र रहेको सम्पुर्ण सरसमानसँगै एउटा ट्रयाकटर, पिकप अनि एउटा माजदा गाडी पनि जलेको जानकारी प्राप्त भएको छ। स्थानीय मानिसहरूको सहयोगमा अग्नि बिभागद्वारा यस आगलागीलाई शान्त बनाए जसको कारण फ्याक्ट्रीमा आगो सल्कनबाट जोगाउन सफल भए। आगलागीको कारण शार्ट सर्किट हुनसक्ने अनुमान स्थानीय मानिसहरू साथै अग्नि विभागका कर्मचारीहरूले लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement