अलिपुरद्वार: बकाया महँगी भत्ताको मागलाई लिएर सरकारी कर्मचारीहरूले दुई दिने ‘पेन डाउन’ कार्यक्रम आह्वान गरेका छन्। आन्दोलनको पहिलो दिन अलिपुरद्वार जिल्लामा मिश्रित प्रभाव देखिएको थियो। सरकारी विद्यालय, कलेज, विश्वविद्यालय लगायतका कार्यालय खुले पनि अदालत कर्मचारीको आन्दोलनका कारण कानुनी सेवा ठप्प भएको छ। जसका कारण जिल्लाका विभिन्न स्थानबाट कानुनी सहयोग लिन आउने मानिसलाई समस्या परेको छ। प्रदेश सरकारले छिट्टै भत्ता भुक्तानी नगरे आन्दोलन चर्किने चेतावनी आन्दोलनकारीले दिएका छन्।