२० फरवरीः स्पेनिश ला लीगा फूटबलको जारी सीजनमा असल लयमा रहने बार्सिलोनाले आफ्नो जीतको क्रमलाई जारी राख्यो भने एट्लेटिको म्याड्रिडले पनि रोमाञ्चक जीत हासिल गऱ्यो। बार्सिलोनाले आइतवार राति खेलिएको म्याचमा काडिज विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले म्याचको दुवै गोल मध्यान्तर अघि हासिल गऱ्यो। सर्जी रोबर्तोले ४३औं मिनटमा पहिलो गोल गरे। त्यसपछि स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीले स्टपेज टाइमको पहिलो मिनटमा बार्सिलोनाको निम्ति दोस्रो गोल गरे। यस जीतपछि बार्सिलोना २२ वटा म्याचमा ५९ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले बार्सिलोनासँग दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा ८ पोइण्ट अधिक रहेको छ। यसरी नै एट्लेटिको म्याड्रिडले एथलेटिक क्लब बिल्बाओ विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट एकमात्र गोल अनुभवी फूटबलर एण्टोनी ग्रीजम्यानले ७३औं मिनटमा छिराए। यस जीतपछि एट्लेटिको म्याड्रिड ४१ पोइण्टको साथ चौथो स्थानमा कायम रह्यो। यसरी नै सातौं स्थानमा रहने एथलेटिक क्लबसँग ३२ पोइण्ट रहेको छ। रायो भाल्लोकानो र सेविलेबीच खेलिएको अन्य एउटा म्याच १-१-ले ड्र रह्यो।