प्रीमियर लीगः म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्स्पर विजयी

CollageMaker_2023220123211751.jpg

२० फरवरीः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा शीर्ष पाँचमा सामेल म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्स्परले आ-आफ्नो म्याच जित्यो। म्यानचेष्टर युनाइटेडले आइतवार राति खेलिएको म्याचमा लिस्टर सिटीलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट अनुभवी मार्कस रासफोर्डले दुई गोल गरे। उनले २५औं र ५६औं मिनटमा गोल गरे। यसरी नै जेडोन साञ्चोले ६१औं मिनटमा होम टीमलाई तेस्रो गोल दिलाए। यस जीतपछि म्यानचेष्टर युनाइटेड २४ वटा म्याचमा ४९ पोइण्टको साथ प्रीमियर लीग टेबलको तेस्रो स्थानमा कायम रह्यो। यसरी नै १४औं स्थानमा रहने लिस्टर सिटीसँग २३ वटा म्याचपछि २४ पोइण्ट रहेको छ। अन्य एउटा म्याचमा टोटनह्यामले वेष्ट ह्याम युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५७ प्रतिशत पोजेशनको साथ खेल्दै टोटनह्यामले म्याचको दुवै गोल मध्यान्तर पछि छिरायो। एमर्सन रोयलले ५६औं मिनट अनि सोन ह्युंग-मिनले ७२औं मिनटमा गोल गरे। यस जीतपछि टोटनह्याम २५ वटा म्याचमा ४२ पोइण्टको साथ चौथो स्थानमा पुग्यो। यसरी नै वेष्ट ह्याम २३ वटा म्याचमा २० पोइण्टको साथ १८औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement