सिक्किम ड्रैगन एफसी र सिङलिङ एससीबीच खेल बराबर

IMG-20230219-WA0280.jpg

गान्तोक::गान्तोक पाल्जोर स्टेडियममा भइरहेको सिक्किम प्रीमियर लिग अन्तर्गत आज सिक्किम ड्रेगन एफसी र सिङलिङ एससीबीच भिडन्त भएको थियो। आजको खेलमा दुई दलबीचको खेल ३ -३ गोलको बराबरीमा समाप्त भयो। खेलको पहिलो हाफसम्म सिक्किम ड्रैगनले २ -० को बढ़त बनाएको थियो। दोस्रो हाफमा पनि सिक्किम ड्रेगनले अझ एक गोल थपेर खेल ३-० को अन्तरमा ल्याएको थियो। तर, सिङलिङ एससीले लगातार तीन गोल गरेर खेल बराबरीमा ल्याए ।सिङलिङका आदर्श तामाङ हिरो अफ द म्याच चयनित भए। सिक्किम ड्रेगनका अविनाश राईलाई इमरजिङ प्लेयर अफ् द म्याच चयन गरियो । आज विधायक आदित्य गोले मुख्य अतिथि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement