गान्तोक: गान्तोक लाल बजारस्थित एउटा सून दोकानबाट लाखौं रूपियाँको गहना चोरी भएको छ। यस घटनाको सम्बन्धमा दुई अज्ञात व्यक्ति विरूद्ध मामिला दर्ता गरिएको छ। पुलिस रिपोर्ट अनुसार, महावीर प्रसाद वर्माले शुक्रवार दिउँसो लगभग १ बजी एक महिला र एक पुरुष उनको दोकानमा आएर ४० ग्रामको सूनको बाला चोरेर गएको शिकायत दर्ता गरेका छन्। सो सुनको बालाको दाम लगभग २ लाख ५० हजार रूपियाँ रहेको छ। पुलिसले अज्ञात आरोपितहरू विरूद्ध आईपीसीको धारा ३८०/३४अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरू गरेको छ ।