एकेआरएस-को समन्वय सभा सम्पन्न

IMG-20230219-WA0279.jpg

गान्तोक: अखिल किरात राई सङ्घ, सिक्किम (एकेआरएस) को चौथो समन्वय सभा गान्तोक लुम्सेस्थित सङ्घको केन्द्रीय कार्यालय राई खिममा सम्पन्न भयो। सङ्घका अध्यक्ष मोहन दुङ्गमालीले अध्यक्षता गरेको आजको सभामा विभिन्न विषयमा चर्चा गरी केही प्रस्ताव पारित गरिएको सङ्घले विज्ञप्ति जारी गरेर बताएको छ। यसको साथै राई खिमका निम्ति अतिरिक्त जमीन आवण्टन गरेको साथै राई भाषाका स्नातक र प्राथमिक शिक्षकहरू नियुक्तिका लागी करिब ३० वटा नयाँ पद सिर्जना गरेकोमा राज्य सरकार र मुख्यमन्त्री पीएस गोलेलाई सभाले आभार व्यक्त गऱ्यो। यसको साथै यसै महिनादेखि अखिल किरात राई सङ्घले राज्यका सबै जिल्लामा सदस्यता अभियान सञ्चालन गर्ने पनि आजको सभाले निर्णय लिएको छ।

About Author

Advertisement