मन्त्री कर्मा लोडेले गरे वार्ड पञ्चायतहरूसँग समन्वय बैठक

IMG-20230220-WA0003.jpg

गान्तोक: क्षेत्र विधायक एवं राज्यका वन मन्त्री कर्मा लोडे भोटियाको अध्यक्षतामा काबी लुङ्चोक समष्टि क्षेत्रका जिल्ला पञ्चायत, वार्ड पञ्चायतहरूसँग एक समन्वय बैठक सम्पन्न भयो। लिङचोम सामुदायिक भवनमा आयोजित बैठकमा मन्त्रीकी धर्मपत्नी श्रीमती छोक्पा इथेन्पा, आदिम जनजाति बोर्डका अध्यक्ष चेवाङ नर्बु लेप्चा, मंगन जिल्लाका अध्यक्ष कादो लेप्चा, मंगन जिल्ला पञ्चायत प्रकोष्ठका महासचिव थिन्ले येस्सर भोटिया, एसकेएम समष्टि स्तरीय समिति, खण्ड स्तरीय समिति अनि वार्ड स्तरीय समितिका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो।

आगामी दिनहरूमा क्षेत्रमा एसकेएम पार्टीको कार्यनीति अनि क्रियाकलापहरू बैठकको मुख्य विषय रहेको थियो। क्षेत्रको विकासमा सामूहिक रूपमा अघि बढ़्ने अनि समन्वय बनाएर कार्य गर्ने बैठकमा सहमति जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement