सोरेङ जिल्लाको प्रगति देखेर केन्द्रीय मन्त्री प्रभावित

IMG-20230219-WA0278.jpg

गान्तोक: केन्द्रीय मन्त्री, वाणिज्य र उद्योग, उपभोक्ता मामिला मन्त्री पीयूष गोयलले सोरेङ (आकांक्षी जिल्ला) का विभिन्न विभागका अधिकारीहरूलाई लिएर समीक्षा सभा आयोजना गरे। केन्द्रीय मन्त्री गोयलको अध्यक्षतामा बसेको सभामा विभिन्न व्याङ्क साथै वित्तीय संस्थाका प्रतिनिधिहरूले पनि अंशग्रहण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री गोयलले दुर्गम क्षेत्रमा बसोबास गर्न कठिन र अनुपम भू-भाग भएको कारण यस जिल्लाका मानिसहरूले भोग्नु परिरहेको समस्याबारे आफू अवगत गराएको बताए। स्थानीयहरूको चुनौतिलाई सम्बोधन गर्न अधिकारीद्वारा गरिएको प्रयासको उनले खुलेर प्रशंसा गरे। सोरेङ जिल्लाले गरेको निरन्तर विकास र प्रगतिको देखेर उनी प्रभावित भए। नरेन्द्र मोदीको आधारभूत आवश्यकतालाई सबैका लागि पहुँचयोग्य बनाउने, विशेष गरी आधारभूत तहमा रहेको दृष्टिकोणको पनि उनले प्रशंसा गरे। उनले प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै विकसित राष्ट्र बन्नका लागि दुर्गम र विपन्न क्षेत्रका जनताको उत्थानमा सफलता हासिल गर्न ठूलो र महत्वपूर्ण फड्को मार्न आवश्यक रहेको उल्लेख गरे। महात्मा गान्धीलाई उद्धृत गर्दै उनले विकसित राष्ट्रको मेरुदण्ड समाजका पछाडिएका र सीमान्तकृत वर्गको समग्र विकासलाई प्राथमिकता दिएर केन्द्र सरकारले काम गरिरहेको जानकारी गराए। युवाहरुलाई हौसला दिदै उनले युवाहरुको गौरवमा नै राष्ट्रको बल रहेको बताए। केन्द्रीय मन्त्री गोयलले स्वास्थ्य प्रतिस्पर्धा र तालमेल मिलाएर काम गर्न अधिकारीहरुलाई सुझाव दिए। उनले राज्यको सर्वाङ्गीण विकासका लागि सबै सरोकारवालाको दायित्व रहेको बताउँदै सोरेङ जिल्लालाई आकांक्षीबाट विकसित जिल्लामा पुर्‍याउन थप भूमिका खेल्न आग्रह गरे। मन्त्रीले राज्यमा अलैंची जस्ता धेरै मूल्यवान बालीहरू उत्पादन गर्नमा ह्रास आएकोमा चिन्ता व्यक्त गर्दै यसको मूल्यांकन गरे। उनले प्रभावकारी परिणामका लागि एकजुट भएर काम गर्नुपर्ने सुझाव दिए। उनले राज्यको उत्पादनलाई थप प्रवद्र्धन गर्न सरकारले आगामी दिनमा यसको मापदण्ड साथै प्याकेजिङ सम्बन्धी इन्स्टिच्युट निर्माण गर्नुपर्ने सुझाउ दिएका छन्।शिक्षाको क्षेत्रको बारेमा बोल्दै मन्त्री गोयलले भने कि विद्यार्थीहरूसेले अन्य विभिन्न क्षेत्रमा भविष्य निर्माण गर्नमा सचेत हुनुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement