तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टी अन्तर्गत शिवखोला ग्राम पञ्चायत स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि शिवखोलास्थित सार्वजनिक भवनमा भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापाको अध्यक्षता र तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको उपस्थितिमा सभा सम्पन्न भएको छ। उक्त सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सांगठनिक सचिव बिपन विश्वकर्मले आज भागोप्रमो तीनधारे महानदी समष्टीको शिवखोला ग्राम पञ्चायत स्तरीय कमिटी गठन गरिएको बताएका छन्। उनले उक्त कमिटीमा को-अर्डिनेटर राजु लामा, सह को-अर्डिनेटरमा प्रह्लाद छेत्री, राजेस थापा, सजित राई, दिवस वाइबा, कोषाध्यक्षा शोभा प्रधान, प्रचार प्रसारमा सबिन तामाङ, सन्देश राई, अनिला प्रधान, अनिरा तामाङ लगायत ५० जनाको पञ्चायत स्तरीय कमिटी गठन गरिएको जानकारी गराएका छन्। बिपन विश्वकर्मले बताए अनुसार यसै पञ्चायत स्तरीय कमिटीले नै शिवखोला ग्राम पञ्चायतमा रहेको चारवटा संसदहरूमा पनि संसद स्तरीय कमिटी गठन गर्नेछन्। आजको सभामा भागोप्रमो तीनधारे महानदी समष्टीको पदाधिकारीहरू, नारी, युवा र अन्य सबै भातृ संगठनका पदाधिकारीहरू उपस्थित रहेका थिए।