भारी मात्रामा नशालु औषधिको साथमा एक आरोपितलाई पक्राउ

5079.jpg

अलिपुरद्वारः फालाकाटा थानाको पुलिसले भारी मात्रामा नशालु औषधिको साथमा एक आरोपितलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपितको नाम हसीमुल इस्लाम हो। उनी फालाकाटाको देवगाउँ ग्राम पञ्चायत क्षेत्र निवासी हुन्‌। फालाकाटा थानाको पुलिस अनुसार, शनिवार अबेर राति तपसीतला क्षेत्रमा गुप्त सूचनाको आधारमा अभियान चलाएर एउटा कारबाट १५४ पेटी नशालु औषधि जफत गरियो। यसपछि, कार चालक हसीमुललाई पक्राउ गरियो। जफत गरिएका नशालु औषधि अनुमानित बजार मूल्य लगभग पाँच लाख रूपियाँ रहेको छ। आरोपित विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement