अब दार्जिलिङ, कालेबुङ, डुवर्स, सिक्किम कि उत्तर पूर्वी भारतको नेपाली खाँटी भारतीय हौं: जेकब खालिङ राई

IMG-20230219-WA0255.jpg

दार्जिलिङ: अब दार्जिलिङ, कालेबुङ, डुवर्स, सिक्किम कि उत्तर पूर्वी भारतको नेपाली खाँटी भारतीय हौं र यही दाबी लिएर हामी अघि बढ्नुपर्छ भनी सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङको राजनैतिक सल्लाहकार जेकब खालिङ राईले बताएका हुन्। उनले जीटीएद्वारा दार्जिलिङको भानु भवनमा सिक्किमकी नानी ज्येत्सेन डोना लामालाई जनाएको सम्बर्ध्दना कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन्। जेकब खालिङले ज्येत्सेनक परिवार, सिक्किमको जनता र सिक्किम सरकारको पक्षबाट दार्जिलिङ र कालेबुङलाई धन्यवाद भन्न आएको बताएका छन्। उनले भने, ‘यसपाली दार्जिलिङले सिक्किम आफ्नै भाइ वा बहिनी रहेको प्रमाणित गरेको छ। सिक्किम, दार्जिलिङ र भारतभरिको नेपाली भाषीहरूको सहयोगले त्येत्सेनले यो उपाधि जित्न सफल बनेकी छन्। यसको लागि सबैलाई धन्यवाद भन्न आएको हुँ।’

जेकब खालिङले दार्जिलिङ मलिलो भूमि हो र यो भूमिमा साहित्यकार, संगीतकार, कलाकार, शिक्षाविद् र बुध्दीजीविहरू जन्मेको भुमि हो भन्दै विशेषगरी जीटीएको मुख्य कार्यपाल अनित थापालाई धन्यवाद छ भनी बताएका छन्। उनले भने, ‘अब दार्जिलिङ, कालेबुङ, डुवर्स, सिक्किम र उत्तर पुर्वी भारतमा रहेका नेपालीहरूलाई विदेशीको लाञ्छाना समाप्त भएको छ। अब हामी खाँटी भारतीय हौं र जुनै ठाउँमा गए पनि हामीलाई विदेशीको लाञ्छाना लगायो भन्ने होइन तर हामी अब खाँटी भारतीय हौं भनी दाबीसहित अघि बढ्नुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement