ज्येत्सेन नानी सिक्किमको निम्ति मात्र नभएर गोर्खा कै निम्ति ठूलो सम्पत्ति हुन्: अनित थापा

IMG-20230219-WA0226.jpg

दार्जिलिङ: ज्येत्सेन नानी सिक्किमको निम्ति मात्र नभएर गोर्खा कै निम्ति ठूलो सम्पत्ति हुन्। उक्त भनाई जीटीए चिफ् अनित थापाको हो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको तत्वावधानमा आयोजित सम्बर्द्धना कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले ज्येत्सेन लामा अनि अल्बर्ट काबो लेप्चाको मुग्ध कण्ठले प्रशंसा गरे। उनले भने, “यी कलाकारहरु हाम्रो सम्पत्ति हुन्। हाम्रो राजनैतिक यात्रा आ-आफ्नै छ। तर जब हाम्रो नानीहरू, कलाकारहरुलाई अघि बढाउने कुरा आउँछ हामी एक हुनु नै पर्छ।”

केही समय अघि जी टेलिभिजनको सारेगामप लिटिल च्याम्पको विजेता ज्येत्सेन डोना लामा अनि जी बांग्ला सारेगमपका उप विजेता अल्बर्ट काबाे लेप्चालाई आज जीटीएले सम्बर्द्धना जनायो।

कार्यक्रममा थापाले भने, “ज्येत्सेन नानीले जुन किसिमले गीत गाउँछ सायद यो चमत्कार नै भन्नु पर्छ। नानी सिक्किमको निम्ति मात्र नभएर गोर्खा कै निम्ति ठूलो सम्पत्ति हुन्। ज्येत्सेनको सुर देशमा मात्र होइन, विदेशमा पनि पुग्नुपर्छ। नानाको लागि सहयोग गर्न सिक्किम सरकार छँदैछ। तर जीटीए पनि सहयोग गर्न सदैव तत्पर रहनेछ। अल्बर्ट भाईलाई पनि चाहिएको सहयोग जीटीएले दिनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement