उत्तर दिनाजपुर: गोलपोखर थानाको भारत–बंगलादेश सीमामा बंगलादेशी तस्करको गोली लागेर १५२ बटालियनका बीएसएफ जवान मुकेश चन्द शर्मा घाइते भएका छन्। उनले राति भारत–बंगलादेश सीमा क्षेत्र तिनगाउँमा गस्ती गरिरहेका बेला गोलापोखर प्रहरी चौकीको गोवालिन क्षेत्रबाट भारत–बंगलादेश सीमामा रहेको काँडेतार नाघेर ३–४ जना तस्करले बंगलादेश प्रवेश गर्ने प्रयास गरेका थिए। गस्तीमा रहेका बीएसएफ जवानले तस्करलाई समात्न खोज्दा बीएसएफ जवान मुकेश चन्द शर्मालाई गोली हानेका थिए। घाइते जवानको इस्लामपुर डिभिजन अस्पतालमा उपचार भइरहेको छ। तस्करको साथबाट ठूलो परिमाणमा फेन्सिडिल बरामद भएको छ। पक्राउ परेका तस्कर मोहम्मद सुमनलाई प्रहरी चौकी गोलपोखरको जिम्मा लगाइएको छ। गोलपोखर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।