अब संयुक्त राष्ट्र संघले पनि ‘नमस्ते इण्डिया’ भन्दै हिन्दीमा सन्देश दिनेछ

UNO-2

संयुक्त राष्ट्र महासभा युएनजीएले पहिलो पटक हिन्दी भाषाको लागि भारतको प्रस्तावलाई अनुमोदन गरेको छ। संयुक्त राष्ट्र संघ (युएन) को सबै आवश्यक काम र सूचनाहरू यसका आधिकारिक भाषाहरूका बाहेक हिन्दी जस्ता अन्य भाषाहरूमा पनि जारी गरिनुपर्ने यो प्रस्तावमा भनिएको छ। बहुभाषिकता प्रवर्द्धनका लागि यो कदम चालिएको हो। यो प्रस्ताव भारतबाट आएको हो। संयुक्त राष्ट्र संघका लागि भारतका प्रतिनिधि टीएस तिरुमूर्तिले भने, “संयुक्त राष्ट्र संघमा बहुभाषिकता प्रस्ताव पारित भएको छ। यसमा पहिलो पटक हिन्दीको उल्लेख गरिएको छ। यससँगै उर्दू र बंगाली भाषाको पनि उल्लेख छl’ तिरुमूर्तिले भने, “यी प्रयासहरूको एक भागको रूपमा, संयुक्त राष्ट्र संघको हिन्दी भाषामा पहुँच बढाउने र विश्वभरका लाखौं हिन्दी भाषीहरूका बीचमा विश्वव्यापी मुद्दाहरूको बारेमा बढी सचेतना जगाउने उद्देश्यका साथ सन् २०१८ मा ‘संयुक्त राष्ट्रमा हिन्दी’ परियोजना शुरु गरिएको थियो। उनले बहुभाषिकता संयुक्त राष्ट्र संघको मुख्य मान्यता रहेको बताए। उनले बहुभाषिकतालाई प्राथमिकता दिएकोमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसप्रति आभार व्यक्त गरे।

About Author

Advertisement