अलिपुरद्वार: अलिपुरद्वारको राजाभटखावा पम्बु बस्तीमा भीषण आगलागीमा एक दोकान र घर पूर्ण रूपमा जलेको छ। आइतबार बिहानैदेखि आगलागी सुरु भएको थियो। अलिपुरद्वारको दमकल घटनास्थलमा पुगेर घण्टोको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। दमकलले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ। आगलागीमा ती व्यापारीको दोकान पूर्णरुपमा जलदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ। दोकानमा राखिएका व्यापारीका सबै कागजपत्र समेत जलेका छन्।