मिरिक: बन्द घाटले जन्माएको विषम परिस्थिति बीच हाम्रो पार्टी मिरिक महकुमाले आफ्नो अडान स्पष्ट पार्दै केन्द्रीय प्रवक्ता लाडुप घिसिङले भने, ‘आन्दोलित संगठन, चालकवर्ग एवं सम्पूर्णको समर्थनमा अघि आएर चाँडो भन्दा चाँडो यसको समाधान निकाल्नु पर्छl’ उनले सम्बन्धित निकायलाई यसरी आहवान गरेका छन्l महकुमा अध्यक्ष प्रशान्त लामा,शाहिल राई (निगाले), लोलछेन घिसिङ, आशिष तामाङ आदिको उपस्थितिमा हाम्रो पार्टी मिरिकले बन्द घाटको कारण सम्पूर्ण जनसाधारण मर्कामा परिरहेको अवगत गराउँदै यथाशिघ्र यसलाई साम्य गराउने आफ्नो स्पष्टसित अडान राखेको छ। उल्लेखनीय छ, घाट बन्द भएको कारणले ट्रक चालक संगठनले यसलाई खोल्ने माग गर्दै अनिशित्कालीन ट्रक हड्ताल आहवान गरेको छl