नोकरीबाट छुट्टि लिनको लागि अनौठो बहाना बनाउने गरेको प्राय: सुनिन्छl छुट्टी मनाउन जानेहरू धेरै हुन्छन्, तर उनीहरूले यसलाई विस्तार गर्न अनौठो बहाना गर्छन्। सन् २०२२ मा कतिले आफ्नो कार्यालयमा यस्तो बहाना बनाएका छन्, जसलाई सुन्दा कसैले पत्याउँदैनन्। यस्तो बहाना बाहिरी देशसित सम्बन्धित छ। सन् २०२२ मा धेरैले आफूलाई एलियनले अपहरण गरेको दाबी गरेका थिए। धेरै मानिसहरूले आफूहरूलाई साना हरिया खालका मानिसहरूको अपहरण गरेर स्तब्ध भएको बताएका छन्। उनीहरुलाई यसबाट बाहिर आउन समय चाहिन्छ । धेरै कम्पनीका मानव संसाधन विभागका अधिकारीहरू भन्छन्, ‘पछिल्लो एक वर्षमा एलियनसँग सम्बन्धित दाबीमा ठूलो उछाल आएको छ। कसै-कसैले आफूलाई एलियन्सले प्रयोग गरेको बताएका छन् भने कसैले उनीहरूलाई अन्य ग्रहहरूमा लगिएको बताएका छन्l’
केही कर्मचारीले घरमा भूतले सताएकोले काममा आउन नसकेको बताएका छन्। तर, कतिपय भने योभन्दा एक कदम अगाडि गए । उनीहरू भूत शिकार गर्न गएका हुनाले आउन समय लाग्ने बताए। इंग्ल्याण्डका एक कम्पनी विशेषज्ञ ब्राइटले मानव संसाधन प्रबन्धकहरूका लागि कर्मचारी ट्र्याकिङ उपकरणहरू बनाउँछ। कम्पनीले आफ्नो सफ्टवेयरले एलियन र भूतका कारण काम गुमाउनेको संख्यामा ठूलो वृद्धि भएको जनाएको छ।