तीनधारे र खरसाङ क्षेत्रको भ्रमणमा सांसद राजु विष्ट

IMG-20230219-WA0182.jpg

खरसाङ: दार्जिलिङका भाजपा सांसद राजु विष्ट आज खरसाङको विभिन्न क्षेत्रको भ्रमणमा आएका छन्। सासंदले आज सुकनाबाट आफ्नो यात्रा शुरु गरेर तीनधारे हुँदै गिध्द पहाड़, नयाँ बस्ती, शेर्पा बस्ती र खरसाङ बजार पुगेका छन् भने उनी आज बालासनसम्म पुग्ने जानकारी प्राप्त भएको छ। सासंद राजु विष्ट सुकनाबाट तीनधारे आईपुग्दा उनलाई स्वागत जनाइएको थियो।

सर्वप्रथम तीनधारेको गैरी गाउँस्थित हनुमान मन्दिर परिसरमा स्थानीयहरूले स्वागत जनाएका थिए। त्यसरी नै तीनधारे गोलाईको पैह्रोमा बनिएको नयाँ सड़कमा सांसद राजु विष्टलाई पार्टी कार्यकर्ताहरू र स्थानीयहरूले स्वागत जनाएका थिए। यस अवसरमा सांसद विष्टलाई वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेले ज्ञापन पनि दिएका थिए। त्यसरी नै तीनधारे गैरी गाउँमा रहेको घरहरूलाई रेलवेले हट्ने नोटिस दिएकोले स्थानीयहरूले सासंद राजु विष्टलाई भेटेर कुरा राखेपछि सांसदले डीआरएमसित फोनमा बातचीत गरिदिएका थिए। सासंदलाई स्थानीय मानिसहरू र बिमारीहरूले पनि भेट गरेका थिए। यसै क्रममा तीनधारे चियाबारीको भुले गाउँतिर जाने सड़कको निर्माणको लागि स्थानीयहरूले सासंद विष्टलाई मांग गरेका थिए।

यसै क्रममा सासंद विष्टलाई तीनधारे वेलफेयर सोसाईटीकाहरूले गत २०१९ मा नै तीनधारे क्षेत्रको विभिन्न विकास अनि तीनधारेमा ब्यांक, एटीएम लगायत तीनधारे रेलवे अस्पातललाई १०० वेड भएको अस्पाताल निर्माणको लागि दिएको ज्ञापन अहिलेसम्म के के भयो भनी प्रश्न अनि जिज्ञासाहरू राखेका थिए। सासंद विष्टले तीनधारे क्षेत्रका जनताको विभिन्न मांगहरू र गुनासो सुनेर खरसाङको लागि निस्केका थिए। उनलाई जोगमाया जाने एनएछ ५५ मा जोगमाया चियाबारीको स्थानीयहरूसित पनि भेटघाट गरेका थिए। सासंद राजु विष्टको घैयाबारी अस्पतालमा पनि भ्रमण गर्ने योजना रहेको भए पनि अस्पताल परिसरमा कोही पार्टी कार्यकर्ताहरू र स्थानीयहरू कोही नदेखेपछि सासंदको कन्वे सोझै खरसाङको लागि निस्केको थियो। सांसद राजु विष्टलाई तीनधारेमा पत्रकारहरूले प्रश्न गर्दा बोल्न मानेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement