२ ट्रकको ठक्करबाट चालक घाइते, दोस्रो फरार

10b811ad-6647-4e31-96f3-7ac55e65b606

जलपाइगढी: २ ट्रकको ठक्करबाट चालक घाइते भएका छन्। दुर्घटनाका कारण एसियाली राजमार्गमा ठूलो ट्राफिक जाम भएको थियो। घटना शनिबार राति जलपाइगढी जिल्लाको धुपगढीको देवमाली क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार धुपगढी र गोयरकाटाबाट २ वटा ट्रक आइरहेको थियो। देवमाली क्षेत्रमा पुग्नेबित्तिकै दुवैबीच आमने–सामने झडप भएको थियो। घटनामा एक ट्रक चालक घाइते भएका छन्। अर्को ट्रकका चालक र सहचालक फरार छन्। घटनाको जानकारी पाएपछि धुपगढी दमकल र प्रहरी घटनास्थलमा पुगेका थिए। दमकलले घाइते चालकलाई प्राथमिक उपचारका लागि धुपगढी ग्रामीण अस्पताल पुऱ्याएको छ। एसियाली राजमार्गमा ओसी सुवीर साहको नेतृत्वमा ट्राफिक गार्ड र प्रहरी खटिएका थिए। प्रहरी स्रोतका अनुसार दुवै सवारी साधनलाई क्रेन ल्याएर सडकबाट हटाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement