टीबी रोग उन्मूलनबारे क्षमता विकास तालिम

tb3.jpg

गान्तोक: कर्मचारीहरूका लागि क्षय रोग सम्बन्धी परामर्श तथा क्षमता विकास प्रशिक्षण सम्पन्न भयो। यस आवासीय तालिम १६फरवरीदेखि शुरु भएको हो जो गान्तोकमा जिल्ला क्षय रोग सेलको सहयोगमा आयोजना गरिएको थियो। राज्य टीबी सेल, टाटा सामाजिक विज्ञान संस्थान र भुवनेश्र्वरको एक गेरसरकारी संस्थाको सहकार्यमा भएको थियो। तालिममा जिल्ला क्षयरोग सेलका कर्मचारी र सल्लाहकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य क्षयरोगका सामाजिक निर्धारकहरू बुझ्ने, सामाजिक सुरक्षा सम्बन्धमा सुधार गर्ने र परामर्श बढाउनमा केन्द्रित हुँदै क्षयरोगका बिरामीहरूको राम्रो व्यवस्थापन गर्नका लागि अग्रपंक्तिमा कार्यरत कर्मचारीहरू र सल्लाहकारहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्नु थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement