जिल्ला पञ्चायतहरुसंग विभागीय समन्वय बैठक

IMG-20230218-WA0296.jpg

गान्तोक: जिल्ला पञ्चायत सदस्यसहित रेखा विभागसँगको समन्वय बैठक आज मंगन जिल्ला पञ्चायत सम्मेलन हलमा सम्पन्न भयो। बैठक जिल्ला अध्यक्ष कादो लेप्चाको अध्यक्षतामा भएको हो। बैठकमा मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्री पनि उपस्तथित थिए। साथै जिल्ला पञ्चायत सदस्यहरू, कार्यालय प्रमुखहरू र विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए। बैठकमा सबै विभागको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। विभिन्न विभागका कार्यालय प्रमुख तथा पदाधिकारीहरुले आ-आफ्नो काम, योजना, कार्यक्रम र सेवाको अवस्थाबारे विस्तृत रूपरेखा प्रस्तुत गरेका थिए। भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्षले लाइन विभागका अधिकारीसँग अन्तरक्रिया गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले बैठकमा विभिन्न विभागले राखेका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै जिल्लाका नागरिकका लागि गर्नुपर्ने कामहरु उल्लेख गरे। साथै उनले जिल्लाको विकासका लागि समन्वय र पारदर्शिता कायम गर्न सबैलाई आग्रह गरे।

जिला उपाध्यक्षले आफ्नो सम्बोधनमा विभाग र अधिकारीहरुको कामको प्रशंसा गरिन्‌। उनले विभिन्न विभागीय योजना कार्यान्वयनको बारेमा जानकारी दिए। यसअघि जिल्लापाल छेत्रीले सम्बोधन गर्दै विकासका कामको प्रगति अवलोकन र मूल्यामन गर्न त्रैमासिक समन्वय बैठक बस्ने सुझाव दिए। बैठकमा खुल्ला छलङ्गल भएको थियो जहॉं जिल्ला पञ्चायत र विभाग प्रमुखहरूले उठाएका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने बारे आफ्ना सुझावहरू राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement