गान्तोक: क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाको निर्देशनमा आज समष्टिका सीएलसीको एउटा टोलीले आगामी २० फरवरीको दिन सिङताममा एसकेएम पार्टीले आयोजन गरेको विजय उत्सव तथा बधाई महासभा कार्यक्रमको विषयलाई लिएर ब्लक-वार्डका अध्यक्ष लगायत सदस्यगण साथै पार्टी कर्याकर्तासँग भेटवार्ता गरेका छन्। सीएलसी टोलीले कर्याकर्तासँग भेटघाट गर्ने क्रममा पार्टीले विजय उत्सव तथा बधाई महासभा कार्यक्रम राख्नको मुख्य उद्देश्य बारेमा गाउँ-गाउँमा गएर यस विषयमा जनतालाई बुझाउनुपर्ने कर्याकर्तालाई आग्रह गरेको छ। यो कार्यक्रम पार्टीको भएकोले सबै पार्टी कार्यकर्ताहरुले २० फरवरी सोमबारको दिन सिङताममा जनताहरुलाई लिएर जानुपर्ने भएकोले गाडीहरु प्रत्येक वार्डमा पुगेको छ या छैन यस बारेमा जानकारी लिन्नको लागि पनि कर्याकर्ताहरुसँग भेटघाट गरेको टोलीले जानकारी गराएको छ। कर्याकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रममा सीएलसी टोलीमा उपाध्यक्ष विकास सुब्बा, सचिव सन्तोष छेत्री, महासचिव डीआर शर्मा, संयोजक निर्मल छेत्री अनि सदस्यहरु थिए।