एसकेएम पार्टी विजय उत्सव एवं बधाई कार्यक्रमको तयारीमा

IMG-20230218-WA0293.jpg

सिङताम: एसकेएम अध्यक्ष एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमेली मूलका नेपालीहरूमाथि लागेको विदेशीको कलंक सधैंको निम्ति मेटाउन सफल भएपछि एसकेएम पार्टीले आगामी २० फरवरीको दिन सिङताममा पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीप्रति बधाई दिँदै विजय उत्सव पालन गर्ने निधो गरेको छ, जसको तयारी हाल युद्धस्तरमा चलिरहेको छ। पार्टीका नेतृत्व एवं मन्त्रीहरूले निरन्तर रूपमा कार्यक्रमस्थलको निरीक्षण गरिरहेका छन्। यसै क्रममा आज पार्टीका युवा उपाध्यक्ष एवं मन्त्री सञ्जीत खरेल अनि शहरी विकास विभागीय मन्त्री एलबी दासले कार्यक्रमको तयारीबारे स्थलगत निरीक्षण गर्दै जानकारी लिए। यस अवधि मन्त्रीद्वयले पार्टी कार्यकर्तासँग भेटवार्ता गर्दै उनीहरूबाट सुझाउ अनि सल्लाह पनि लिए। पार्टी कार्यकर्ताद्वारा यस छोटो अवधिमा पनि कार्यक्रम तयारी माथि धेरै काम भएकोमा मन्त्रीद्वयले सन्तुष्टि व्यक्त गर्दै निष्ठापूर्वक निरन्तर कार्यक्रम तयारीमा जुट्न कार्यकर्तालाई प्रोत्साहित गरे।

जानकारी गराइन्छ, केन्द्र सरकारको सहयोगमा राज्यका मुख्यमन्त्री पीएस गोलेको सक्रियतामा सर्वोच्च न्यायालयमा पुनः विचार याचिका दर्ता गरिएपछि सो याचिकाको सुनवाई गर्दै सर्वोच्च न्यायालयले सिक्किमे मूलका नेपालीहरूलाई विदेशी मूलको भनेर उल्लिखित वाक्यांशलाई हटाउने निर्णय लिएको थियो। यसरी सिक्किमे मूलका नेपाली समुदायलाई वर्षौंदेखि लागेको कलंक मेटाउन सफल भएकोमा एसकेएम पार्टीले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेप्रति बधाई दिने साथै यस ऐतिहासिक निर्णयपछि विजय उत्सव मनाउने कार्यक्रम तय गरेको छ। यसको निम्ति हाल पार्टीका नेतृत्व, कार्यकर्ताहरू खुबै उत्साहित बनेर अहोरात्र खटिरहेका छन्। उनीहरूलाई थप ऊर्जा प्रदान गर्न दिन्हुँ पार्टीका महासचिव, मन्त्रीगण, पार्टीका शीर्ष नेतृत्वहरू स्थलगत निरीक्षण गर्न व्यस्त छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement