स्थानीय प्रतिभाहरूलाई आर्थिकरूपमा सबल बनाउने प्रयास

IMG-20230218-WA0298.jpg

सिङताम: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले राज्यका स्थानीय युवा-नारी तथा अन्य नागरिकलाई समान अवसर प्रदान गरेर आत्मनिर्भर बनाउने दिशातर्फ जोर दिँदै आइरहेको छ। राज्य भित्र हुने गरेका विभिन्न कार्यक्रममा यहाँकै स्थानीयलाई मौका दिइनुपर्छ भन्ने वर्तमान सरकारको निर्णयले यहाँका जनतालाई आर्थिक रूपमा मजबुत बन्नको लागि नयाँ दिशा दिइरहेको छ। यसरी यहाँका स्थानीयहरूलाई विविध अवसर प्रदान गर्ने क्रममा पूर्व सिक्किमको सिङताममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आयोजन गर्ने भव्य विजय उत्सव एवम बधाई महासभाको लागि आवश्यक झण्डाहरू सिलाउनको लागि यहाँका स्थानीय टेलर अनि डिजाइनरहरूलाई यसको कार्य दिइएको छ। यसो गर्दा उनीहरूमा पनि आय-आर्जनको केही स्रोत हुने र उक्त कामप्रति भएको आफ्नो कलालाई पनि दर्शाउन सक्ने देखिएको छ। यस अतिरिक्त उक्त पहलले सत्तारूढ़ दल स्थानीय प्रतिभाहरूलाई नै अघि बढ़ाउन कटिबद्ध रहेको देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement