सोनादामा प्राकृतिक आपदा प्रबन्धनमाथि सचेतना कार्यक्रम सम्पन्न

IMG-20230218-WA0009.jpg

सोनादा: सोनादाको मुण्डाहट्टास्थित न्यु लाइट सार्वजनिक भवनमा लोवर सोनादा एक ग्राम पञ्चायतको अायोजनामा प्राकृतिक अापदा प्रबन्धन विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला शासक कार्यालय, सुखे जोरबंगलो खण्ड विकास कार्यालयको सहयोगमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा अप्पर सोनादा ग्राम पञ्चायत, लोवर सोनादा ग्राम पञ्चायत दुईले पनि सहभागिता जनाएका थिए। कार्यक्रममा एनडीआरएफ दोस्रो बटालियन कोलकोताको टिम आएर प्राकृतिक अापदा प्रबन्धन विषयमा सचेतना गराएका थिए। यस कार्यक्रममा सोनादा हाई स्कूल, सोनादा होली क्रस स्कूलका विद्यार्थीहरू र सोनादा क्षेत्रका विभिन्न संघ संस्थाहरूले सहभागिता जनाएका छन्। लोवर सोनादा एक ग्राम पञ्चायतको सचिव कमल लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै लोवर सोनादा ग्राम पञ्चायत एकको आयोजनामा प्राकृतिक आपदा प्रबन्धनमाथि सचेतना कार्यक्रम सम्पन्न भएको बताएका छन्। उनले हालैमा सिरिया र टर्कीमा गएको भूकम्पले गर्दा दार्जिलिङ पनि भूकम्पको जोनभित्र पर्ने हुनाले अाजको यो प्राकृतिक अापदा प्रबन्धनको सचेतना कार्यक्रम निक्कै महत्वपूर्ण र फलप्रद रहेको पनि बताएका छन्। सचिव कमल लामाले यस कार्यक्रममा एनडीआरएफ दोस्रो बटालियन कोलकोताको टिम आएर भूकम्प र पैह्रो जस्ता आपतकालीन प्राकृतिक आपदामाथि सचेतना गराएको पनि जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement