खरसाङ: दार्जीलिङका भाजपा सांसद राजु विष्टलाई स्वागत गर्नलाई भारतीय जनता पार्टी तीनधारे महानदी समष्टीद्वारा पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरेका छन्। भोलि आईतवार सासंद राजु विष्ट तीनधारे, घैयाबारी र महानदी क्षेत्रको भ्रमणमा आउने भएको छ। त्यसैले भाजपा तीनधारे महानदी समष्टीको मण्डल पदाधिकारीहरूले सांसद राजु विष्टलाई स्वागत गर्नलाई रंगटङ्गदेखि महानदीसम्म भारतीय जनता पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरेका छन्। उक्त पार्टीको झण्डा रंगटङ्ग, दुई नम्बर बस्ती, चुनभट्टी, तीनधारे, घैयाबारी र महानदी क्षेत्रमा लगाएका छन्। सासंद राजु विष्टलाई तीनधारे क्षेत्रमा स्वागत गर्नलाई तयारी गरिएको छ। यसै अन्तर्गत पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ।

यस अवसरमा भाजपा तीनधारे महानदी समष्टीको सभापति उमेश प्रधान र सचिव मिलन बराईलीले पत्रकारहरूलाई सम्बोधन गर्दै भोलि आइतबार दार्जिलिङका सासंद एंव राष्ट्रीय प्रवक्ता राजु विष्ट तीनधारेको भ्रमणमा आउने भएको र उनलाई स्वागत गर्न पूर्ण तयारी गरिएको बताएका छन्। दुवैले बताए अनुसार सासंद विष्टले तीनधारेको पैह्रो परिसरमा जनताको समस्याहरू सुन्नै साथै सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताएका छन्। त्यसरी नै घैयाबारी अस्पतालमा पनि सासंदलाई लाने योजना रहेको बताउँदै सांसद महानदी हुँदै खरसाङ अनि धोत्रे बालासनसम्म पुग्ने कार्यक्रम रहेको बताएका छन्।