अगापे हार्ट फेलोशिपको आठौं स्थापना दिवस सम्पन्न

IMG_20230218_195251.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि सिपाहीधुरा ब्याप्टिस चर्चमा अगापे हार्ट फेलोशिपको आठौं स्थापना दिवस पालन गरिएको छ। तीनधारे, महानदी, घुम्ती, रोहिणी, सिलगढी आदि क्षेत्रका इसाई युवाहरूद्वारा सन् २०१५ मा विभिन्न सामाजिक कार्यहरू लगायत आत्मिक जागृतिको कार्यहरू गर्दै स्थापित अगापे हार्ट फेलोशिपको आठौं स्थापना दिवस सम्पन्न भएको छ। उक्त स्थापना दिवसलाई बाईबल शिक्षक प्रवीण भट्टराईले सञ्चालन गरेका थिए भने आराधना प्रशंसामा रोजमेरीले अगुवाई गरेका थिए। कार्यक्रममा पास्टर आशिष बराईलीले गीत प्रस्तुत गरेका थिए भने सिपाहीधुराका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अगापे हार्ट फेलोशिप विषयमा सचिन राईले विस्तृत रूपमा विवरण दिएका थिए। यस आठौं स्थापना दिवस कार्सक्रममा प्रमुख वक्ताको रूपमा सिलगढीका पास्टर रेभरेन्ट सुरेन खवास उपस्थित थिए। उनले बाईबलबाट लुकाको पुस्तक १० को ४० बाट बोल्दै समय सदुपयोग गर्दै जीवनमा मुख्य र अनिवार्य कार्यलाई प्रथममा गरिहाल्नु पर्ने बताएका छन्। उनले युवाहरूले समयलाई खेरो नफ्याँकेर सठीक रुपमा सदुपयोग गर्नु पर्ने बताए। रेभरेन्ट सुरेन खवासले अहिले हामीले मेहनतसाथ रोपेको कुरा भविष्यमा खुशीसाथ कटनी गर्न सकिने पनि अनि हामीले हाम्रो जीवनमा मुख्य रुपमा जे रोज्छौं त्यही मुख्य हुन्छ जीवनमा भनी बताएका छन्।

कार्यक्रममा आठौं स्थापना दिवसको अवसरमा अनिला राईको बाहुलीबाट केक काटेर पालन पनि गरिएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन सेवक प्रणय मुखियाले राखेका थिए भने अन्तिम प्रार्थना पास्टर दानियल तामाङले गरेका थिए। कार्यक्रम विषयमा अगापे हार्ट फेलोशिपको सदस्य सचिन राईले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement