सिक्किमले शत प्रतिशत जैविक राज्यको दर्जा कायम राख्न काम गर्नुपर्नेछ: केन्द्रीय मन्त्री गोयल

00-1-WhatsApp-Image-2023-02-18-at-5.57.38-PM

गान्तोक:  केन्द्रीय मन्त्री पियूष गोयलले उद्यमीहरूलाई आफ्नो उत्पादको विश्व स्तरीय गुणस्तरको अद्वितीय बिक्री प्रस्तावमाथि ध्यान दिँदै सरकारमाथि निर्भर रहन घटाउनुपर्ने कारण यो कारोबारको दीर्घकालीन सफलताका लागि घातक साबित हुने पनि उनले बताए। सिक्किम मणिपाल प्राविधिक संस्थान, माझीटार, सिक्किमा शनिबार (१८ फरवरी) पूर्वोत्तरका “उद्यमिता संवाद-सिक्किममा स्टार्टअपको विकासलाई गति प्रदान गर्दै” विषयमा विद्यार्थी अनि स्टार्टअपका संस्थापकहरूसँग संवाद गर्दै मन्त्री गोयलले यस प्रकारको आषय व्यक्त गरे।

भारत सरकारको कुनै उल्लेखनीय हस्तक्षेपबिना आइटी क्षेत्रको सफल गाथाबारे प्रकाश पार्दै आफ्नो उद्यमिताको अनुभवले आज यस स्थानमा पुऱ्याएको पनि उनले बताए। सहायता हटाइएपछि, एलईडी बल्ब उद्योग भारतमा विस्तार हुँदै सन् २०१४ मा वार्षिक ६ लाख एकाइदेखि आज दिनको ६ लाख एकाइ बिक्न थाल्नका साथै धेरै व्यापक रूपमा मूल्य पनि घटेर गएको उनले बताए। यसैको उदाहरण दिँदै उनले उद्यमीहरूलाई मात्रामाथि ध्यान केन्द्रित गर्न अपील गरे।


सिक्किमको शत-प्रतिशत जैविक स्थितिको परिशुद्धता कायम राख्न सबैले मिलेर काम गर्नुपर्ने आह्वान जनाउँदै मन्त्री गोयलले राज्यको जैविक उत्पादको निर्यातलाई १ मिलियन डलरबाट १ बिलियन डलर बराबर पुऱ्याउन पनि आह्वान जनाए। उद्यमीहरूलाई सहयोग गर्न राष्ट्रिय डिजाइन संस्थान तथा राष्ट्रिय प्याकेजिङ संस्थानको विस्तार परिसर स्थापित गर्न पनि केन्द्र तयार रहेको उनले बताए। सिक्किमे उद्यमीहरूले सामना गरिरहेका समस्यालाई सम्बोधित गर्दै हावा अनि सडक सम्पर्क सुविधाबारे आफ्ना मन्त्री मण्डलका मित्रहरूसँग चर्चा गर्ने पनि उनले आश्वासन दिए। पूर्वोत्तरमा आईटी केन्द्र स्थापित गर्ने विचारको सराहना गर्दै यो सबै प्रकारले आइटी कम्पनी अनि स्थानीय प्रतिभाका लागि  जीतको स्थिति रहने उनले बताए।


यसअघि मन्त्री गोयलले मणिपाल प्राविधिक संस्थानको अटल इन्क्युबेशन सेन्टर, एसएमयु टेक्नोलजी बिजिनेस इन्त्युबेशन फाउण्डेशनमा पूर्वोत्तरका स्टार्टअप्सहरूद्वारा उत्पादित वस्तु अनि उत्पाद प्रदर्शित गर्ने विपणीहरूको पनि दौडाहा गरे। यस अवसरमा सिक्किम मणिपाल विश्वविद्यालयका उपकूलपति डा. (लेफ्टिनेन्ट जेनरल) राजन एस ग्रेवालका साथमा राज्यका विद्युत मन्त्री एमएन शर्मा र सोरेङका विधायक आदित्य गोले पनि उपस्थित थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement