दोस्रो टेस्टः न्याथन लियोनले असाधारण बलिंग, भारत २६२-मा अलआउट

IMG-20230218-WA0238.jpg

१८ फरवरीः अष्ट्रेलियाई स्पिनर न्याथन लियोनको असाधारण बलिङ्ग समक्ष दोस्रो टेस्ट म्याचमा शनिवार भारतको पहिलो ईनिंग्स २६२ रनमा समाप्त भयो। पहिलो ईनिंग्सको आधारमा १ रनको बढ़त लिएर अष्ट्रेलियाले दोस्रो ईनिंग्सको शुरुवात गर्दै दिनको खेल समाप्त हुँदासम्म १ विकेट गुमाएर ६१ रन बनायो। ट्रेविस हेड ३९ र मार्नस लाबुशेन १६ रन बनाएर अविजित छन्। अष्ट्रेलियाले आज एकमात्र विकेटको रूपमा उस्मान ख्वाजा (६)-लाई गुमायो। उनलाई रविन्द्र जडेजाले आउट गरे। यसरी दोस्रो टेस्ट म्याच अहिले रोमाञ्चक मोड़मा रहेको छ। यसअघि दिल्लीको अरुण जेटली स्टेडियममा पहिलो दिनको स्कोर कुनै विकेट नगुमाइ २१ रनदेखि अघि खेल्दै आज भारतको पहिलो ईनिंग्स २६२ रनमा समाप्त भयो। शीर्ष क्रमको चरम व्यर्थताबीच अलराउण्डर अक्षर पटेलले ११५ बलमा ७४ रन बनाएर टीमको सम्मान बचाए। उनले ९ वटा चौका र ३ वटा छक्का लगाए।

यसबाहेक विराट कोहलीले ४४, रविचन्द्रन अश्विनले ३७ र कप्तान रोहित शर्माले ३२ रनको योगदान दिए। आफ्नो १००औं टेस्ट म्याचमा चेतेश्वर पुजारा खाता पनि नखोली आउट भए। यसबाहेक केएल राहुलले १७, श्रेयस अय्यरले ४ र श्रीकर भरतले ६ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा न्याथन लियोनले सर्वाधिक ५ विकेट लिए। यसबाहेक अन्य दुई स्पिनर म्याथ्यू कुहनेमन र टड मर्फीले २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement