नयाँ दिल्ली: बलिउडकी अभिनेत्री स्वरा भास्करले समाजवादी पार्टीका नेता एवं मुम्बई तीआईएसएसका पूर्व महासचिव फहाद अहमदसित बिहे गरिन्। उनीहरुको अदालती विवाह भएको छ। स्वरा भास्करले आफ्नो ट्विटमा लेखेकी छिन्, ‘कहिलेकाहीँ तपाई आफ्नो छेउमा रहेको कुरालाई टाढा टाढा खोज्नुहुन्छ। हामी प्रेम खोजिरहेका थियौं, तर हामीले पहिलो मित्रता पायौं, र त्यसपछि हामीले एक अर्कालाई भेट्टायौं। मेरो हृदयमा स्वागत छ फहाद अहमद।’ स्वरा भास्करले यस ट्वीटमा एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनको सम्पूर्ण यात्रा देखिन्छ। यससँगै दुवैले कोर्ट म्यारिज गरेको पनि बताइएको छ। स्वरा भास्कर समाजवादी विचारधाराकी अभेनेत्री हुन्l
Sometimes you search far & wide for something that was right next to you all along. We were looking for love, but we found friendship first. And then we found each other!
— Swara Bhasker (@ReallySwara) February 16, 2023
Welcome to my heart @FahadZirarAhmad It’s chaotic but it’s yours! ♥️✨🧿 pic.twitter.com/GHh26GODbm









