कतारले भारतको फ्रोजन सी फुडमाथि हटायो प्रतिबन्ध

फोटो स्रोत: सामाजिक सञ्जाल

नयाँ दिल्ली: कतारले भारतबाट फ्रोजन सी फुड आयातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाएको छ। यसले पश्चिम एसियाली देशमा निर्यात बढाउन र उनीहरूसँग राम्रो द्विपक्षीय सम्बन्ध स्थापना गर्ने बाटो खुला गरेको छ। यसअघि कतारले फिफा विश्वकपअघि अर्थात नोभेम्बर २०२२ मा भारतबाट आएका केही कन्साइनमेन्टमा भिब्रियो हैजा फेला परेपछि यो प्रतिबन्ध लगाएको थियो। फुटबल प्रतियोगिताका लागि आफ्नो देशमा पर्याप्त परीक्षण प्रयोगशाला नभएका कारण यो प्रतिबन्ध अस्थायी र लगाइएको कतारका अधिकारीहरूले भारतलाई जानकारी दिएका छन्।

प्रतिबन्ध लागेदेखि नै भारत सरकारको वाणिज्य विभाग र कतारस्थित भारतीय दूतावासले समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको थियो। कतारको जनस्वास्थ्य मन्त्रालयसँगको परामर्शमा शृङ्खलाबद्ध बैठकहरू सम्पन्न भएका छन्। फलस्वरूप, १६ फरवरी फेब्रुअरीमा जारी सूचनाले फ्रोजन सी फुडमा लगाइएको प्रतिबन्ध हटायो। तर, चिल्ड सी फुडको निर्यातमा प्रतिबन्ध जारी राखिएको छ।

समुद्री उत्पादन निर्यात विकास प्राधिकरण (एमपीईडीए) का अध्यक्ष श्री डीभी स्वामीले भने, “चीनले यस्तै प्रतिबन्ध हटाएपछि भारतमा समुद्री खाना निर्यातकर्ताहरूका लागि यो हप्ता धेरै राम्रो साबित भएको छ। हामी कतारले परिस्थितिको पुन: मूल्याङ्कन गरेपछि छिट्टै  चिल्ड सी फुडमा प्रतिबन्ध हटाउने अपेक्षा गर्दछौंl’ यस हप्ताको शुरु १४ फरवरीमा बेइजिङले स्रोत नियन्त्रणमा भारतको आश्वासन स्वीकार गरेपछि ९९ भारतीय सी फुड प्रशोधन निर्यातकर्ताहरूमाथिको प्रतिबन्ध हटायो। दिसम्बर २०२० देखि एमपीईडीएलगायत अन्य एजेन्सीहरूले बेइजिङले कूल ११० इकाइहरूमाथि लगाएको प्रतिबन्ध हटाउन प्रमुख भूमिका खेलेका थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement