१८ फरवरीः अष्ट्रेलिया टेस्ट टीमका ओपनिंग ब्याटर उस्मान ख्वाजाको भनाइअनुसार, डेविड वार्नरको फर्ममाथि प्रश्न उठाउनको निम्ति केवल तीनवटा ईनिंग्सको प्रदर्शन पर्याप्त हुनेछैन। भारत विरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन वार्नरले मोहम्मद सिराजको बाउन्सरको सामना गर्दा निक्कै संघर्ष गर्नु पऱ्यो। भारत विरुद्ध टेस्ट सीरीजको तीनवटा ईनिंग्समा वार्नरले १, १० र १५ रन बनाएका छन्, जसमा मोहम्मद शमीले दुईपल्ट त उनलाई फूल लेन्थ बलमा आउट गरे। यसले गर्दा वार्नरको ब्याटिंग तक्निकमाथि प्रश्न उठ्न थालेको छ तर शुक्रवार ८१ रनको ईनिंग्स खेल्ने ख्वाजाले आफ्नो ओपनिंग जोड़ीदारको पक्ष लिएका छन्। शुक्रवार वार्नरले ४४ बल खेले पनि उनलाई एकपल्ट पनि क्रीजमा सहज देखिएन। ख्वाजाले पहिलो दिनको खेल समाप्त भएपछि भने, म तपाईंहरूको विचारसँग सहमत छुइनँ। उनले गत म्याचमा अश्विनको बलिंगमा दुईवटा चौका लगाएका थिए तर पछिबाट उनी एलबीडब्ल्यू आउट भए। यसैकारण उनले आक्रमकता त देखाइरहेका छन्।
ख्वाजाले भने, क्रीजमा गएर खेल्नु अनि त्यो पनि ईनिंग्सको शुरुवात गर्नु कहिले सजिलो हुँदैन। नयाँ पीचमा ओपनिंग गर्नु मुश्किल हुन्छ। आज त म भाग्यशाली रहे अनि दुईवटा चौकाको साथ लय हासिल गरे। कहिले-काहीँ तपाईंले चाहेर पनि यस्तो हुँदैन अनि रन बनाउनु मुश्किल बन्न जान्छ। यसैकारण केवल तीनवटा ईनिंग्समा खेलाड़ीको क्षमताको आकलन गर्न सकिँदैन। यस टेस्ट सीरीजमा अहिले धेरै ब्याटिंग बाँकी छ। वार्नरले लामो समयदेखि टीमको निम्ति असाधारण प्रदर्शन गर्दै आइरहेका छन्। उनले यसपाली पनि त्यही गरेर देखाउनेछन्। उल्लेखनीय छ, म्याचको अवधि शीरमा बलले लागेपछि वार्नर फील्डिंग गर्न मैदानमा ओर्लिएनन्। यसबारे ख्वाजाले भने, मेरो विचारमा मेडिकल स्टाफले उनको जाँच गर्नेछन्। उनी अहिले थकित छन्। पहिलो पाखुरा अनि पछिबाट शीरमा बलले लाग्दा उनी सामान्य समस्यामा परेका थिए। यसैकारण उनी मैदानमा ओर्लिएनन्।









