च्याउमा क्यान्सरको उपचारमा उपयोगी दुर्लभ प्राकृतिक तत्व ऐस्टाटीन पाइयो

mushrooms.jpg

यो खोज जीयूआईडीई तथा कच्छ यूनिभर्सिटीका वैज्ञानीहरूले गरेका हुन्‌

अहमदाबादः देशको सबैभन्दा ठूलो जिल्ला कच्छमा पाइने च्याउमा क्यान्सर रोगीहरूलाई दिइने रेडिएशन धेरपीको मुख्य रासायनिक तत्वको खोज गरिएको छ। गुजरात इन्स्टीटयूट अफ्‌ डेजर्ट इकोलजी (जीयूआईडीई) तथा कच्छ यूनिभर्सिटीका वैज्ञानिकहरूले भोजनमा प्रयोग गरिने च्याउबाट पृथ्वीमै दुर्लभ प्राकृतिक तत्व ऐस्टाटीन प्राप्त गरेका छन्‌। वैज्ञानिकहरूको भनाइ छ, पृथ्वीमा ऐस्टाटीनको उपलब्धता केही ग्राम मात्र छ ‘जसको प्रमुख कारण किरणोत्सर्गी तत्व केही घण्टाभित्रै नष्ट हुने गर्दछ। ‘जीयूआईडीईका निदेशक भी विजय कुमारले बताए, क्यान्सरको उपचारको लागि किमोधेरपीमा कोबाल्ट ‘रेडिएशनको प्रयोग गरिन्छ। तर कोबाल्ट लामो समयसम्म शरीरभित्र रहन्छ जसले क्यान्सरका कोशिकाहरूसितै अन्य स्वस्थ कोशिकाहरूलाई पनि नोक्सान पुऱ्याउँछ। यसले असर गर्दछ। जबकि च्याउमा पाइने ऐस्टाटीनले क्यान्सरका कोशिकाहरूलाई मात्र आफ्नो लक्ष्य बनाउँदछ र केही समयपछि निष्क्रिय पनि भइहाल्छ। यसले गर्दा शरीरलाई कमभन्दा कम नोक्सान हुन्छ।

ऐस्टाटीनबाट फाइदाः

‘किमोधेरपीको दुषप्रभावको कारणले कपाल झर्नको साथै कमजोरी, उल्टी एवं रगत डल्लो पर्नथाल्छ। रोगीहरूको स्मरणशक्ति पनि घट्दै जान्छ। लामो समयसम्म शरीरमा कोबाल्ट बस्यो भने किमोथेरपीबीचको अन्तराल पनि लामो हुन्छ। यस प्रोजेक्टमा काम गरिरहेका जीयूआईडीईका वैज्ञानिक कार्तिकेयले दाबी गरे, विश्वभरिकै शोधकर्ताहरूले खोज गरिसकेका छन्‌ कि यसले रेडियोएक्टिव तत्व ट्यूमर समेत अन्य क्यान्सरको उपचारको ‘लागि रेडियोइम्यूनथेरपीको कार्यक्षमतामा सुधार ल्याउनेछ। यसको कारण हो, ट्यूमरले कोशिकाहरूलाई मार्छ जुन सामान्य रूपमा किमो र रेडियोइम्पूनथेरपीको लागि प्रतिरोधी हुने गर्दछ उनीहरूले अझ बताए अनुसार ऐस्टाटीनको मेडिकल प्रयोगलाई लिएर विश्वभरि नै ठूलो सख्यामा अनुसन्धान एवं अध्यनहरू भइरहेका छन्‌। तर यहाँ मुख्य समस्या भनेको तत्वको आपूर्ति सीमित र निश्चित क्षेत्रहरूमा मात्र उपलब्ध छ।

‘कच्छमा मेडिकल च्याउको खेती भइरहेको छः

‘जीयूआईडीईले हाल खाद्य एवं मेडिकल दुवै प्रकारका च्याउको खेती गरिरहेको छ। वैज्ञानिकहरूले कच्छ यूनिभर्सिटीको रसायन विभागलाई खाने च्याउ ल्याब मूल्यांकनको लागि दिएको थियो भने यसको जाँच अवधि दुर्लभ तत्व ऐस्टाटीन प्राप्त भएको छ। जीयूआईडीईका अर्का वैज्ञानिक जी जयन्ती अनुसार उनले यस अनुसन्धानलाई अझ अघि बढाउने योजना बनाएका छन्‌ जसको माध्यमबाट तत्वको अधिक प्रामाणिकता अनि शुद्धिकरणको लागि स्टडी सपोर्टहेतू रुपियाँ जुटाउन सकियोस्‌। यस प्रक्रियबाट क्यान्सरका रोगीहरूलाई ‘किमोधेरपीबाट हुने दुष्प्रभावदेखि बचाउँन सकिने आशा पलाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement