तीन दिवसीय सिक्किम भ्रमणमा केन्द्रिय मन्त्री पीयुष गोयल

20230217_123705.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणको निम्ति केन्द्रिय वाणिज्य एवं उद्योग, उपभोक्ता मामिला, खाद्य एवं जनवितरण अनि वस्त्र मन्त्री पीयूष गोयल सिक्किम आइपुगेका छन्। सिक्किम प्रवेशको क्रममा उनलाई रम्फूमा राज्यको तर्फबाट अधिकारीहरूले भव्यरूपमा स्वागत जनाए राज्यका विद्युत एवं यातायात विभागीय मन्त्री एमएन शेर्पा, वाणिज्य एवं उद्योग विभागीय सचिव कर्मा आर, बोन्पो पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, स्टेट प्रोटोकल अफिसर पीटी पुल्गर, निर्देशक कर्मा सोनाम भोटिया, रम्फूका महकुमा अधिकारी सुजाता सुब्बा लगायत अन्य अधिकारीहरूले केन्द्रिय मन्त्रीलाई स्वागत जनाए।उनी तीन दिवसीय सिक्किम भ्रमणमा आएका हुन्। यस अवधि सिक्किम सरकारका अधिकारीहरूसँगको समीक्षा बैठकमा उनले उपस्थिति जनाउनेछन्। सिक्किम च्याप्टरको इक्फाईमा सिक्किम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका प्रतिनिधिहरूसँग कार्यक्रममाझ कुराकानी गर्नेछन्। आगामी १८ फरवरीको दिन केन्द्रिय मन्त्री गोयल सोरेङमा आयोजित कार्यक्रममा सहभागिता जनाउने जानकारी प्राप्त भएको छ। मन्त्री गोयलसँग एपीएस निरञ्जन सेठी साथमा रहेका छन्। आज नै उनलाई बिहान सिलगढीस्थित बाघडुग्रा विमानस्थलमा राज्यका पर्यटन एवं नागरिक उड्डयन मन्त्री बीएस पन्तले हार्दिक स्वागत जनाएका थिए। मन्त्री पन्तसँगै खाद्य एवं नागरिक आपूर्ति र उपभोक्ता मामिला सचिव जिम्मी वाङ्चुक लगायत सिलगड़ी युनिटका प्रोटोकल अधिकारीहरू उपस्थित थिए। योसँगै दार्जीलिङका सांसद एवं भाजपा नेता राजु विष्टको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement