माता वैष्णो देवी मन्दिरको यात्रा सहज हुने

Mata_vaishno_devi_pindi_photo.jpg

जम्मू: केन्द्र सरकारले माता वैष्णो देवी मन्दिरका तीर्थ यात्रीहरूको निम्ति यात्रालाई सहज बनाउन जम्मू कश्मीरमा एउटा रोपवे परियोजना जनाएको छ। गोंडाला केबल कार सिस्टमका २.४ किलोमिटर लामो रोपवे परियोजना २५० करोड रूपियाँको लागतमा पूरा गरिने छ। वास्तवमा, त्रिकुटा पहाडमा ५२००फुटको उचाईमा स्थित माता वैष्णो देवीको यात्रामा तीर्थ यात्रीहरूले १२ किलोमिटर पैदल यात्रा गर्नु पर्छ। अधिकारीहरूले परियोजना अन्तर्गत ताराकोटदेखि मन्दिरको सांझी छतसम्म रोपवे बनाइने बताएका छन्। यो रोपवेले तीर्थ यात्रीहरूको वर्तमानमा लाग्ने ५-६ घण्टा यात्रालाई केवल छ मिनटमा पूरा गर्नेछ। सरकारले यो परियोजना ३ सालभित्र पूरा गर्ने आशा व्यक्त गरेको छ। माताको भवनदेखि भैरों मन्दिरसम्म एउटा रोपवे छ, जसको उद्घाटन दुई साल अघि नै उद्घाटन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement