तीन दिवसीय क्षमता विकास एवं परामर्श सत्रको समापन

पाकिम: भिन्नै रूपले सक्षम मानिसहरूको निम्ति तीन दिवसीय क्षमता विकास एवं परामर्श तथा राष्ट्रिय न्यास अधिनियम, समर्थन समूह गठन र कानूनी सेवाहरूको निम्ति एनजीओको प्रचार सम्बन्धित सत्र समाप्त भएको छ। सरमसा कन्क्लेभमा आयोजित कार्यक्रमको अन्तिम दिन अन्तरक्रिया सत्र राखिएको थियो। डीओपीका उप सचिव दामोदर ओझाले भिन्नै रूपमा सक्षम मानिसहरूको निम्ति विभागमा सुविधाहरू र प्रावधानहरूको विषयमा जानकारी गराए। शिक्षा विभागकी राज्य समन्वयक चन्द्रकला भण्डारीले भिन्नै रूपमा सक्षम मानिसहरूको निम्ति शिक्षाको क्षेत्रमा आरक्षणको बारेमा जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement