नाम्ची: आज क्यूजिङमा सरकारी औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई)काे उद्घाटन राज्य कौशल विकास विभाग मन्त्री भीमहाङ लिम्बूले गरे। यस अवसरमा मन्त्रीले भर्चुअल माध्यमद्वारा रम्फूमा संस्थानको महिला होस्टेल र मेकानिक मोटर वेहिकल ट्रेड वर्कशप पनि उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले क्यूजिङ आईटीआईले विद्यार्थीहरूलाई गुणात्मक शिक्षा प्रदान गर्ने क्षमता रहेको बताए। उनले राज्यका युवाहरूलाई सशक्त बनाउन र उनीहरूमा तकनीकी ज्ञानलाई बढाउन राज्य सरकारले आफ्नो तर्फबाट हर सम्भव प्रयास गरिरहेको छ भनी बताए।उनले आईटीआईमा पढाइने विषयहरूलाई बुझ्न र ग्रामीण स्तरमा विद्यार्थीहरूलाई पनि अवगत गराउन आह्वान गरे। उनले आईटीआईमा प्रशिक्षित युवाहरूले प्राप्त गर्न सक्ने नोकरीको बारेमा पनि जानकारी गराएका थिए। यस अतिरिक्त, मन्त्री लिम्बूले राज्य सरकारद्वारा जनहितमा गरिएका विकास कार्यहरूमाथि प्रकाश पारे।