राष्ट्रिय डाक टिकट प्रदर्शनीमा रोशन प्रसादले जिते रजत पदक

IMG-20230217-WA0318.jpg

गान्तोक: सिक्किमका लोकप्रिय डाक टिकट संग्रहकर्ता रोशन प्रसादले दिल्लीमा आयोजित राष्ट्रिय डाक टिकट प्रदर्शनी अमृतपिक्स २०२३-मा रजत पदक जितेका छन्। भारत सरकारको संस्कृति मन्त्रालय एवं फिलाटेलिक कंग्रेसको परामर्शमा केन्द्रिय डाक विभागद्वारा आयोजित यो कार्यक्रम ११-देखि १५ फरवरीसम्म चलेको थियो। प्रसादले आफ्नो विषयवस्तु ‘द स्टोरी अफ् क्रिकेट’ मा रहेको राष्ट्रिय फिलाटेलिक प्रदर्शनीमा छैटौं पदक जितेका छन्, जुन क्रिकेट फिलाटेलीको पाँच फ्रेमको प्रदर्शनी हो। यस अमृतपिक्समा सिक्किमबाट रोशन प्रसादले मात्र सहभागिता जनाएका थिए। यस उपलब्धिको निम्ति सिक्किम फिलाटेलिक सोसाइटीका अध्यक्ष गणेश प्रदानले खुशी व्यक्त गरेका छन्।

जानकारी गराइन्छ, रोशन प्रसाद अन्तरराष्ट्रिय फिलाटेलिक मेडलिस्ट अनि एक भारतीय फिलाटेलिक स्पेशल कवर डिजाइनर र लेखक पनि हुन्।

पाँचदिने यस प्रदर्शनीमा प्रतिस्पर्धी अनि आमन्त्रित वर्ग दुवैमा ५०० डाक टिकट संग्रहकर्ताहरूको २० हजारभन्दा अधिक डाक टिकटहरू प्रदर्शनी गरियो। यस पाँचदिने कार्यक्रममा थुप्रै कार्यशाला, सम्मेलन, प्यानल डिस्कशन अनि सांस्कृतिक कार्यक्रमहरू भयो। योसँगै स्मारक डाक टिकटहरूको विमोचन, विशेष कवर अनि फोटो पोस्टकार्ड जारी गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement