मसहाचिव उप्रेतली गरे सिङताममा कार्यक्रम स्थलको निरीक्षण

IMG-20230217-WA0317.jpg

सिङताम: आगामी २० फरवरीको दिन सिङ्ताममा आयोजन हुने बधाई एवं स्वागत कार्यक्रमको तयारी युद्धस्तरमा चलिरहेको छ। सो तयारी कार्यक्रमको निरीक्षण गर्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका महासचिव तथा विधानसभा अध्यक्ष अरूण उप्रेतीले निरन्तर स्थलगत निरीक्षण गरे। विशेष गरेर सिक्किमे मूलका नेपालीलाई लागेको विदेशीको कलंक सदैवको निम्ति हटाउन सफल मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भव्य स्वागत अनि नागरिक अभिनन्दन कार्यक्रम सोचेभन्दा अधिक सफल बनोस् भन्ने उद्देश्यले महासचिव उप्रेतीले कार्यक्रमस्थलको निरीक्षण गरेका हुन्। उनले कार्यक्रमलाई सफल बनाउन कार्यकर्ताहरूले पनि हरेक तप्काबाट काम गरिरहेको जनाउँदै उक्त कार्यक्रम ऐतिहासिक रहने बताए।

विधानसभा अध्यक्ष एवं पार्टीका महासचिव अरुण उप्रेतीसँग आज निरीक्षण भ्रमणमा मुख्यमन्त्रीका सल्लाहकार टीएन ढकाल, सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङ, नगर पार्षद मुकेश अग्रवाल, समष्टि स्तरीय पार्टी कार्यकर्ताहरू, पार्टीका शीर्ष पदाधिकारीगण लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement